इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा, अरू कहाँ-कति ?
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०८१ | १६:३५:०० मा प्रकाशित

काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ ।
विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।
“उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००.२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू (सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ”, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।
विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका अनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । “हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ”, महाशाखाले भन्याे ।
वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
- यातायात बन्द फिर्ता, यस्ताे भयाे सहमति
- करण केसीकाे उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
प्रतिकृया दिनुहोस