राप्रपा पाँचथर जिल्ला समितिका अध्यक्ष पदमा राजकुमार जोशी सर्वसम्मत
- गाउँ सहर संवाददाता
- ३० असोज शुक्रबार, २०७७ | २१:१३:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला समितिका अध्यक्ष पदमा राजकुमार जोशी सर्वसम्मत रूपमा चयन भएका छन् ।
फिदिममा सम्पन्न राप्रपा समायोजना भेलाले राप्रपा केन्द्रीय सचिवालयको निर्देशन बमोजिम जोशीको पक्षमा सर्वसम्मत निर्णय गरेको हो । पाँचथर जिल्ला भेलाले गरेको निर्णय, असोज २९ गतेसम्म जिल्ला समिति समायोजन सम्पन्न गर्नु भन्ने केन्द्रीय निर्णय अनुकूल छ ।
भेलामा वक्ताहरूले राष्ट्रवादी शक्ति एकजुट भएकोमा खुशी व्यक्त गर्दै दिगो पार्टी एकताको पक्षमा मत जाहेर गरेका थिए । देशमा वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको भन्ने धारणा व्यक्त गर्दै एकढिक्का राप्रपाले यो राष्ट्रिय आवश्यकता पूरा गर्ने विचार प्रकट गरेका थिए ।
पाँचथरकै सन्दर्भमा पार्टी एकता खलल पार्ने गलत मनसाय देखिएकोमा पार्टी समायोजना भेलाले नकारात्मक दुष्कर्म दूर गर्ने विश्वास जिल्ला कार्यकर्ताहरूले व्यक्त गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस