गाउँ सहर
उखु किसान पैसा नपाएर जुलुस गर्नुपर्ने, पैसा नतिर्ने साहुहरू सरकारको न्यानो माया पाउने ?
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर सोमबार, २०७७ | २०:०५:०० मा प्रकाशित
काठमाडाैँ । उखु किसानकाे पीडालाई लिएर राप्रपाले सरकारलाई जनतामाराकाे संज्ञा दिएकाे छ।
पटक-पटक ठगिएका उखु किसानलाई लक्षित गर्दै अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले सामाजिक सञ्जालमार्फत सरकारकाे जनतामारा नाटक सहेर जनता कहिलेसम्म चुप लगेर बस्ने? भनेका छन्।
उनले फेसबुकमा भनेका छन्-
धान खेती गर्ने किसानले समयमा मल नपाएर रुनु पर्ने। उखु खेती गर्ने किसानले पाउनु पर्ने उखुको पैसा नपाएर काठमाडौँको जाडोमा कामेर जुलुस गर्नुपर्ने। उखुको पैसा नतिर्ने साहुहरू सरकारको न्यानो माया पाउने। समाजवादउन्मुख सरकार चाहिँ झगडा गरेर जनतालाई मुर्ख बनाएर अग्रगामी नारा दिएर लुटमा व्यस्त हुने। अनि यो जनतामारा नाटक सहेर जनता कहिलेसम्म चुप लगेर बस्ने?
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
प्रतिकृया दिनुहोस