राप्रपाले देशैभरी आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरू खटायाे
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण शनिबार, २०८० | ०८:२९:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा आन्दोलन परिचालन समितिले देशैभरी आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरू खटाएको छ । आन्दोलन परिचालन समितिले फागुन ९ गते केन्द्रीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रम गरेको थियो ।
उसले राजसंस्था, हिन्दुराज्य स्थापना, संघीयता खारेजी लगायतका विषयहरु समेटेर ४० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । चैत १६ गते करिव १ लाख मान्छे काठमाडौं उतार्ने र अवस्था बदल्न व्यवस्था बदलौँ भन्दै आफ्ना मागहरु पूरा नहुन्जेल सम्म संघर्ष गर्ने उसले बताएको छ ।
प्रशिक्षकहरू र क्षेत्रः
राप्रपाले पहिलो चरण अन्तरगत घोषणा गरेको कार्यक्रमहरुः
१) जिल्लामा केन्द्रीय प्रशिक्षक हरूद्वारा १ दिने अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २३ गते ।
२) क्षेत्र, प्रदेश, पालिका, वडा तहसम्म १ दिने आन्दोलन सम्बन्धी अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २८ सम्म ।
३) चैत १ देखि ४ सम्म जिल्लामा व्यापक रुपमा कोणसभा हरु गर्ने । ज्ञापनपत्र बारे जानकारी गराउने ।
४) २०८० चैत ७ गते जिल्ला स्तरिय विरोध सभा गर्ने ।
५) २०८० चैत १० गते महानगर, उपमहानगरपालिकामा मोटरसाइकल र्याली गर्ने । अन्य जिल्लाहरुमा मसाल जुलुस ।
६) २०८० चैत १४ गते पूर्व सुरक्षाकर्मीहरुद्वारा नेपाली झण्डासहित मार्चपास राष्ट्रिय झण्डामा ।
७) जिल्लाबाट चैत १५ भित्र काठमाडौं प्रवेश गरिसक्ने ।
८) चैत १५ गते साँझ काठमाडौंमा विभिन्न ठाउँबाट मसाल जुलुस ।
९) २०८० चैत १६ गते काठमाडौंमा जनप्रदर्शन लगायतका कार्यक्रम रहेको महामन्त्री एवं आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ति कुमारी शाहीले जानकारी दिएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
प्रतिकृया दिनुहोस