शिक्षा

त्रिविका आंशिक प्राध्यापक सधैँ पीडामा, केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरसहित्)

काठमाडाैँ । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु पुनः आन्दोलित भएका छन् । याे कुराकाे जानकारी उनीहरूले अघिल्लाे हप्तै गराएका थिए । 

वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् ।

एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ । 

आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भएपनि कार्यान्वयन नभएको बताए । यस्तै संघका प्रवक्ता मोहन घिमिरेले देशभरीका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भएपनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकोले धर्नामा बस्नु परेको बताए । 

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।

लामाे समयदेखि आंशिक प्राध्यापकहरुसँग विविले सम्झाैता गरेपनि कार्यान्वयन नगरिँदा त्रिविका आंशिक प्राध्यापकहरुकाे अवस्था झनै दयनिय बन्दै गएकाे छ ।

धर्नाका तस्बिरहरूः

तस्बिरहरूः इश्वर जाेशीकाे सहयाेगमा ।

गाउँ सहर संवाददाता

Niranjan Kapali लेख्नुहुन्छ २ पौष, २०७७ ६:४८ pm

त्रि बि नेपालको शिक्षा क्षेत्रमा फैलिनु पर्नेमा सन्कुचित भएर अलमलिया हो कि ? काठमाडौं उपत्यका अहिले १६ सालको भन्दा घना छ । त्रि बि ले आङ्गिक निकाय कार्यालय थपेर समस्याको समाधान गर्न सक्छ तर देशले सोच्नु पर्‍यो ।

Om Bahadur Gurung लेख्नुहुन्छ २ पौष, २०७७ ६:३९ pm

लामाे समयदेखि आंशिक प्राध्यापकहरुसँग विविले सम्झाैता गरेपनि कार्यान्वयन नगरिँदा त्रिविका आंशिक प्राध्यापकहरुकाे अवस्था झनै दयनिय बन्दै गएकाे छ । sambodhan gara

नानी मैयाँ लेख्नुहुन्छ २ पौष, २०७७ ६:३७ pm

क्षमता भएर नै पढाएका हाेलान, तुरून्त सम्बाेधन गर् ।

रधा बम लेख्नुहुन्छ २ पौष, २०७७ ६:३६ pm

किन पढाइरा गूरूहरू, तत्काल छाडिदिनाेस् ।

umesh acharya लेख्नुहुन्छ २ पौष, २०७७ ६:३५ pm

Ruwaunelai aansule ekdin awasya polxa.

wagle dai लेख्नुहुन्छ २ पौष, २०७७ ६:३४ pm

भागबाट पद हुत्याउने अनि विधिकाे कुरा गर्ने । जालीहरू

Yubaraj Shrestha लेख्नुहुन्छ २ पौष, २०७७ ६:३२ pm

त्रिविका आंशिक प्राध्यापक सधैँ पीडामा, सधैँ दुःखमात्र दियाे । सक्छाै राख नसके निकाल । अति दुःख नदेउ ।

तपाईँको मत