शिक्षा

त्रिविका आंशिक प्राध्यापकले बाैद्धिक शोषण रहेसम्म आन्दोलन जारी राख्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुको आन्दोलन बुधबार पनि जारी छ ।

विभिन्न क्याम्पसमा वर्षौदेखि अध्यापन गरिरहेका आंशिक प्राध्यापकले आफूहरुको बाैद्धिक शोषण भएको भन्दै समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै बुधबारपनि आन्दोलन जारी राखेका हुन् । 

पछिल्लाे आन्दोलन साताैँ दिनपनि प्राध्यापकले धर्नालाई निरन्तरता दिएका छन् ।

उनीहरुले एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने माग समेत गरेका छन् ।

१५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै प्राध्यापकहरुले विगतमा सम्झौताहरु भएपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । प्राध्यापकहरुको आन्दोलनरतप्रति त्रिविले चासो नदिएको भन्दै उनीहरुले आक्रोस समेत व्यक्त गरेका छन् ।

अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नपाएकाे सदस्य इश्वर जाेशीले बताए । 

प्राध्यापकहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत