सनराईज र मेगा बैंकको चेक काटी फरारलाई प्रहरीले ठेगान लगायाे
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १३:३७:०० मा प्रकाशित
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ठेगान लगाएकाे छ ।
ठेगान पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका -१५ डल्लु बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका ४८ वर्षीय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेका छन् ।
उनीहरूमध्ये समुन्द्रलाई अदालतबाट बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्याम प्रसादलाई ६ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी सनराईज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस