देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल
- गाउँ सहर संवाददाता
- १६ असोज शनिबार, २०७८ | १८:०३:०० मा प्रकाशित
पाँचथर । देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले बताएका छन् ।
‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शान्ति निर्माण प्रक्रियामा सहभागी गराइएन । यस किसीमको निषेधले देशमा सकारात्मक शान्ति प्राप्त भएन । लोकतन्त्रको दुहाई दिएर नथाक्नेहरुको अल्पदृष्टि देश र समाजको लागि महंगो सावित भएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले शनिबार भने ।
एकतीन, जोरपाटीमा सम्पन्न राप्रपाको फालेलुङ गाउँ परिषद भेलालाई सम्बोधन गर्दै युवा नेता लावतीले भने, ‘देशमा नयाँ जनमत निर्माण भएको छ । यही जनचाहना बमोजिम देशको राजनीतिमा परिवर्तन र सुधार आएन भने, थप जटीलताहरु सिर्जना हुन सक्दछ । राजसंस्था, धर्म, परम्परालाई सम्मान र स्थान दिनु अपरिहार्य भएको छ ।’
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मानदेव केरुङले भने, ‘पाँचथरको हकमा, राप्रपामा तन्नेरी पुस्ताको सहभागिता र आकर्षण आशा लाग्दो रुपमा बढीरहेको छ । यो समयको माग र जिल्लामा कायम युवा नेतृत्वको प्रभाव समेत हो ।’
राष्ट्रिय सन्दर्भमा टीप्पणी गर्दै उनले भने, ‘राजसंस्था र सनातन हिन्दु राष्ट्र पूनर्वहाली हुनुपर्दछ । मंहगो संघीयता अफापसिद्ध सावित भएको छ । अब छिट्ट जनताको बलमा राजसंस्था र हिन्दु राष्ट्र पूनस्र्थापना हुनेछ, विकसित राजनीतिक घटनाक्रमले यही अवस्था दर्शाएको छ ।’
सह–अध्यक्ष राजकुमार जोशीले भने, ‘निर्वाचन निर्देशिका बमोजिम वडा तहदेखि नै पाँचथरमा विधिवत अधिवेशन सम्पन्न गर्नु पर्दछ । कागज र श्रेष्ता मिलाउने नभएर अधिवेशनलाई जनसम्पर्क गर्ने, संगठन सुदृढ गर्ने अवसरको रुपमा उपयोग गर्नु पर्दछ ।’
उनले भने, ‘पद्मसुन्दर लावतीको पदचिन्हमा हिँडेका हामी कार्यकर्ताहरु इमान्दार रहनु पर्दछ । छल, ढाँट, भ्रमको खेती जनताले पचाउँदैनन्, दीर्घजीवी रहँदैन ।
जिल्ला सदस्य पदम देव केरुङले सम्बोधनको क्रममा भने, ‘हिजो एउटा हावा थियो, जनतालाई ठूला, ठूला सपना बाँडिएको थियो । तर, त्यस अनुसार केही पनि काम पूरा काम भएन । यसैले विकल्पको रुपमा प्रस्तुत भएको राप्रपा प्रति जनताको चासो बढेको छ, आकर्षण र समर्थन बढीरहेको छ ।’
कविरहाङ केरुङको अध्यक्षतामा सम्पन्न फालेलुङ गाउँ परिषद भेलाले युवेन्द्र विक्रम जवेगुको अध्यक्षतामा गाउँ कार्य समिति निर्वाचित गर्यो । दलशम्शेर बराइलीले कार्यक्रम संचालन गरेका थिए ।
विधिवत अधिवेशनलाई अवरोध गरेर एक पक्षले कार्यकर्तालाई शपथ खुवाउने, प्रमाणपत्र बाँड्ने काम गरेको भन्दै कार्यकर्ताहरुले आलोचना गरे । एक्लै, एक्लै हिँड्नेले एकताको कुरा गरेर झुटको खेती गरेको भनेर सहभागीहरुले आपत्ति जनाए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस