कर्णालीका मुख्यमन्त्रीलाई हराउँदै सहमहान्त्रीमा बद्री पाण्डे विजयी, थारुतर्फको उमाकान्त चौधरी निर्वाचित
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १७:०९:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
पार्टी कार्यालय सानेपामा भएको मतगणनामा पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै तेस्रो स्थानमा देखिएका चेतराज बजालले ९९ मत ल्याएका छन् ।
सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।
त्यसैगरि पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।
तीन सय भन्दा केही मत मत गन्न बाँकी रहदा उनीहरुबीको मतान्तर सात सय भन्दा बढी भएपछि चौधरी समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।
कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस