खुला महिला केन्द्रीय सदस्यतर्फ १३६४ मत गणना हुँदा डिला संग्रौला पहिलो, अनिता देवकोटा नवौँ स्थानमा
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १३:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यको मतगणना गरेको छ ।
हालसम्म १३६४ मत गणना भएको छ ।
महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४ मत गणना हुँदा ८२५ मत ल्याएर डिला संग्रौला पहिलो स्थानमा छिन् ।
पुष्पा भुसाल ८०२ मत सहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएका छन् । खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो । सोमबार बिहानदेखि मधेशीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस