परपुरुषसँग लागेको आरोपमा श्रीमानले गरे श्रीमतीकाे हत्या
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १४:२०:०० मा प्रकाशित
सुर्खेत । परपुरुषसँग लागेको आरोप लगाउँदै आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पूर्वी सुर्खेतको गुर्भाकोटमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।
गुर्भाकोट नगरपालिका–१३, भक्तपुरका ७१ वर्षीय भीमबहादुर परियारले आज बिहान आफ्नी श्रीमती ६९ वर्षीया गौमाया परिवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले हत्या आरोपित भीमबहादुरलाई पक्राउ गरी हत्यामा प्रयोग गरिएको लट्ठीसमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भइसकेको बताए ।
उनले प्रहरीको प्रारम्भिक अनुसन्धानमा भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएको झोकमा श्रीमतीको हत्या गरेको बताएको जानकारी दिएका छन् ।
६९ वर्षीया वृद्ध महिला कसरी परपुरुषसँग लाग्न सक्नुहुन्छ ? अहिले नै पीडकको यहीँ बयान मात्रै आधिकारिक मान्ने अवस्था नरहेकाले बाँकी कुरा अनुसन्धानबाटै खुल्ने प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस