अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि ६ हजार ४ सय पत्रकारकाे जागिर चैट
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १३:३३:०० मा प्रकाशित
एजेन्सी । अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गएकाे छ । तालिवानले सत्ता कब्जा गरेपछि ६ हजार ४ सय पत्रकारको जागिर गएकाे हाे ।
गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआईजेए)ले गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ । तालिवानको सत्तापलटपछि दुइ सय ३१ सञ्चार माध्यमहरु बन्द भएका छन् । अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा उल्लेख गरिएकाे छ ।
प्रत्येक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार हराउँदै गएका छन् । जसअनुसार देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला रहेका छन् ।
पाँच सय ४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म तीन सय १२ वटा मात्र सक्रिय छन् । तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम गायब भएका छन्,’ सर्वेक्षणमा जनाइएकाे छ ।
अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको एजेन्सीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस