वातावरण

वर्षादेखि हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध

 

 

काठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । 

मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना रहेको छ । सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत