राजनीति

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनकाे बन्दसत्र सुरु

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिएका छन् ।

राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्ने छ । राष्ट्रिय सभा गृहमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन विधान लगायतका अन्य प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको रेग्मीले बताए ।

रेग्मीका अनुसार अध्यक्ष प्रचण्डले पेश गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । बन्दसत्रमा एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत