शेयर काराेबार रकम तीन अर्बमा झर्यो, नेप्सेमा पनि सामान्य अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १४:५३:०० मा प्रकाशित
काठमाडौं । नेप्सेमा साताको तेस्रो दिन मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने घटेको छ । आज ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छ ।
आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज याे कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी रहेको छ । यस कम्पनीको आज २६ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस