काठमाडाैंदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपात (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | ०९:५३:०० मा प्रकाशित
काठमाडाैं । बुधबार (आज) विहानैदेखि देशैभरीकाे माैसममा बदली भएकाे छ । काठमाडाैंदेखि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात भएकाे छ ।
राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।
चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।
देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।
कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा एक फिटसम्म हिमपात भएको छ ।
लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या भइरहेको छ ।
यस्तै जुम्ला, दैलेख, कालिकोट लगायतका जिल्लाहरुका उच्च लेकाली भु–भागहरुमा हल्का हिमपात भइरहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार भित्रिएको सो प्रणालीका कारण सोमबारदेखि देशभर नै तापक्रम घट्दो क्रममा रहेको थियो । बिहीबार दिउँसोदेखि भने मौसममा हल्का सुधार आउने महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस