स्वास्थ्य

पछिल्लो २४ घन्टामा फ्रान्समा १ लाख ७९ हजार ८०७ जना संक्रमित थपिए

एजेन्सी । एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएकाे हाे ।  युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखा परेकाे छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

 युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित बढिरहेका छन् ।

बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ९३ जना, इटालीमा ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रिसमा २१ हजार ६ सय ५७ जनामा संक्रमण फेला परेका छन् । 

क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले युरोपमा कोरोना तीव्र रूपमा फैलिएको जनाइएकाे छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरबाट युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस हुनसक्ने चेतावनी दिएको छ ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिने बताएका छन् ।

 फ्रान्स सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत