स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा १२३ जना
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १७:०२:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० पुगेको छ ।
बुधबार २५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ६ हजार ४३३ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९२, ललितपुरमा १८ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस