डा. प्रेमध्वज लामाद्वारा उपप्राध्यापकबाट राजीनामा, कांग्रेस सिन्धुपाल्चोक सभापतिकाे दाबेदार
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले राजीनामा दिएका छन् । कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा चुनाव लड्नका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. लामा राजीनामा दिएका हुन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।
हालै मात्र उनले विद्यावारिधी उपाधि हासिल गरेका हुन्। उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् ।
लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस