पाल्पा दुर्घटना अपडेटः मृतककाे संख्या ८ पुग्याे, विस्तृत विवरण आउन बाँकी
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १४:०७:०० मा प्रकाशित
बुटवल । पाल्पामा बस दुर्घटना हुँदा मृत्युु हुनेको संख्या ८ पुगेको छ ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भएको छैन। अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा अर्घाखाँची मालारानी-२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ ।
उद्धार जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस