स्वास्थ्य
काेराेना अपडेट : ७६३१ जनाको परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि, थप दुईको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १६:२४:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सात हजार ६३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
उक्त अवधिमा पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गरिएकोमा २१३ जनाको रिपोर्ट 'पोजिटिभ' आएको थियो । यस्तै एन्टिजेन विधिमार्फत् एक हजार ६६९ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या चार हजार ९७१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस