निर्वाचन आयोगले ताेक्याे राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले गर्न पाउने खर्चको सीमा
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १०:०४:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले एक सूचना जारी गर्दै उम्मेदवारले ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो।
आयोगले उम्मेदवारले गर्न पाउने खर्चलाई वर्गीकरणसमेत गरेको छ। उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा सत्तरी हजार र सवारी इन्धनमा १० हजारसम्म मात्रै खर्च गर्न पाउने सूचनामा उल्लेख छ।
यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठी/अन्तरक्रिया एक लाख, अन्य प्रचार÷प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।
माघ १२ गते हुने राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचन हुँदै छ। मंगलबार उम्मेदवारको मनोनयन भएसँगै आयोगले खर्चको सीमा तोकेको हो। १९ सिटका लागि ९ राजनीतिक दलका ४३ जनाले लागि उम्मेदवारी दिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस