साताको अन्तिम दिन शेयर बजार परिसूचक हरियाली, काराेबार भने घट्याे
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १५:१७:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
आज नेप्से सूचक ४३.२९ अंकले बढेर २६९२.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर कारोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै १६ करोड ३७ लाख , एनआइसी एसियाको १४ करोड ५२ लाख, तथा नेशनल माइक्रो फाइनान्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक बढेका छन् । जसमध्ये होटेल समुह सबैभन्दा धेरै ३.४८ तथा हाइड्रो समुह २.४८ प्रतिशतले बढेको छ ।
आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल फाइनान्स र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस