अर्थतन्त्र

नेपाली बजारमा सुनचाँदी कति मूल्यमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुन चाँदी भाउ घटेको छ । 

छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुन आज  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको  छ। आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत