आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:१३:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।
यही पुस २० गते उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । पुस २० गते १९ राष्ट्रियसभा सदस्य पदका लागि ४३ जनाले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन कार्यक्रमअनुसार पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ र २३ गते मनोनयन र उजुरी जाँचबुझ तथा नामावली प्रकाशन र पुस २४ गते शनिवार उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएकाे थियो ।
आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत प्रदान गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
आगामी माघ १२ गते प्र्रदेशसभा सदस्य तथा महानगर, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नेछन् । निर्वाचनमा २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको माघ २० गतेदेखि पदावधि समाप्त हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस