स्वास्थ्य

पछिल्लाे २४ घण्टामा थपिए १ लाख ५९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडाैं ।  भारतमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । 

हाल तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेकाे मन्त्रालय जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरूमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । 

भारतमा हाल सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पाँच लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ । 

थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले बताएकाे छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत