स्वास्थ्य

काठमाडाैं उपत्यकामै थपिए ८७६ संक्रमित, दुई जनाकाे मृत्यु

काठमाडाैं । दिनहुँ बढिरहेकाे काेराेना संक्रमितमध्ये आधाभन्दा बढि काठमाडाैं उपत्यकाका तीन जिल्लामै छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे तथ्याँक अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८७६ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।

आज देशभर होम आइसोलेसनमा ७ हजार २४५ जना र जना संस्थागत आइसोलेसनम ६१० जना रहेका छन् । तीमध्ये ६७ जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।

पछिल्लाे २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत