चीनबाट १२ लाख मात्रा भेरोसेल खोप आइपुग्याे
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडाैं । चीनबाट करीव १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा आज भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।
नेपालले भेरोसेल, कोभिसिल्ट, एस्टाजेनेका, फाइजर, मोर्डना, जानसन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।
सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसमम दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६।४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै कुल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
पछिल्लो केहि दिनदेखि कोरोनाको संक्रमणदर बढ्दो छ । विज्ञहरुले नयाँ संक्रमणबाट जोगिनका लागि समेत खोप लगाउन सुझाव दिईरहेका छन् ।
सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोज समेत दिने योजना बनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस