चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हाराहारी हुने विश्व बैंकले प्रक्षेपण
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १४:०६:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सिमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएकाले आर्थिक वृद्धिमा कमी आउने जनाएको हो । नेपाल सरकारले भने चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।
सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।
नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको छ ।
यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।
विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।
ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै अमेरिका र चीनको आर्थिक स्थितिमा समेत सुस्तता आउने विश्व बैंकको अनुमान छ । उदयमान र विकासशील अर्थतन्त्रमा सरकारहरूसँग कोभिड–१९लाई सम्बोधन गर्ने पर्याप्त नीतिगत आधार कमजोर भएकोले आपूर्ति श्रृंखलामा अवरोध र मुद्रास्फितिको चाप व्यहोर्नुपर्ने बैंकले खाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस