राजनीति

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडाैं । नेपाल बार एशोसिएशनले आन्दोलन थालेको आज ७४ दिन पुगेको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलन थालेको बुधबार ७४ दिन पुगेको हाे ।

आन्दोलन थालेको ७४ दिनमा पनि नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

कानुन व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको उनको भनाइ थियो ।

प्रधानन्यायाधीस राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने शर्माले बताएका छन् ।

अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको सुरूआत गर्न सहयोग गरेको बताए । प्रधानन्यायाधीस राणाको राजीनामाको माग गर्दै थालिएको आन्दोलनले केही उपलब्धी हासिल गरेको उनको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत