अर्थतन्त्र

कृषि विकास बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बिहीबार भर्चुअल माध्यमबाट भएको साधारणसभाबाट बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैंककाे १५औँ वार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

बैंकका देशभर २७९ वटा शाखा कार्यालय छन् भने करिब ३ लाख सेयरधनी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत