दशरथ रंगशालामा दर्शकलाई खोप कार्ड अनिवार्य
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडाैं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएकाे छ ।
लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको बताएका छन् । ‘दर्शकले अब टिकट लिँदा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्नेछ । कार्डको फोटो खिचेर ल्याए पनि हुन्छ । सरकारको मापदण्ड अनुसार रंगशालाको प्यारापिटमा समेत भौतिक दूरी कायम गरिनेछ ।’
‘प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ । खाली सिटमा स्टिकर टाँसिनेछ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइनेछ,’ मिश्रले भने ।
उनका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ । लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन् । लिगको शीर्ष टोली मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लब बीचको खेलमा सर्वाधिक १० हजार दर्शक रंगशालामा उपस्थित थिए ।
काेराेना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । लिगमा आठौँ चरण सकिँदा साविक विजेता मच्छिन्द्र २० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ ।
तेस्रो र चौथो स्थानमा रहेको संकटा र आर्मीको समान १४ अंक छ । पाँच अंक बनाएको च्यासल र तीन अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन रेखा छल्न सकेको छैन । फ्रेन्ड्स जारी लिगका एउटा पनि खेल्न जित्न नसक्ने एक्लो टोली हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस