अर्थतन्त्र
आजदेखि २ रुपैयाँ दरको सिक्का बजारमा उपलब्ध, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | ११:१५:०० मा प्रकाशित
काठमाडाैं । आजदेखि नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।
आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकका अनुसार सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन )हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस