आकाशमै जहाजकाे ढाेका खुलेपछि...
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १३:२७:०० मा प्रकाशित
काठमाडाैं । पोखराको लागि उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । आज बिहान १० बजे पोखराको लागि उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको हाे । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले जानकारी दिएका छन् ।
जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।
ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थलका प्रमुख गुरागाईंले बताए । अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी भइरहेकाे जनाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस