शेयरबजारमा उच्च अंककाे बृद्धि, पाैने १० अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १५:३०:०० मा प्रकाशित
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेकाे छ । साताकाे पहिलाे काराेबार दिन नेप्से ६९ अंकले बढेकाे छ । उकालाे लागेकाे नेप्सेमा काराेबार रकमले पनि गति लिएकाे छ । यसदिन काराेबार रकम पनि पाैने १० अर्ब नजिक पुगेकाे छ ।
आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो । यस दिन २२९ कम्पनीको १ लाख १ हजार ५८९ पटकको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम साढे ४ महिनायताकै उच्च हो ।
यस दिन मध्य भोटेकोशी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य बढेको छ भने
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस