अर्थतन्त्र
८.५ प्रतिशत ब्याज दरमा एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सोमबारबाट जारी
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | ०९:१०:०० मा प्रकाशित
काठमाडौं । एभरेष्ट बैंकले सोमबारबाट ऋणपत्र जारी गरेको छ । बैंकले २०८६ मा परिपक्व हुने ऋणपत्र जारी गरेको हो ।
बैंकले ८ वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । ऋणपत्र ६ गतेसम्म खरिद गर्न पाइने छ । त्यो समयभित्र बिक्री नभए १७ गतेसम्म बिक्रीमा राखिने छ ।
बैंकले नयाँ ऋणपत्रमा वार्षिक ब्याज ८.५ प्रतिशत दिने छ । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि २०७९ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । २० लाख कित्तामध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस