स्वास्थ्य

एकैदिन थपिए १० हजारभन्दा बढि काेराेना संक्रमित, ५६२ जना निकाे

काठमाडाैं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५६२ जना संक्रमणमुक्त भएका छन् ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत