स्वास्थ्य

यी हुन् काेराेना संक्रमित व्यक्तिले नि:शुल्क उपचार पाउने मुलुकभरका अस्पतालहरू

काठमाडाैं ।  पछिल्ला दिन दिनहुँ देशभरि सङ्क्रमण पुष्टि हुने बढिरहेको छ । 

मंगलबार अर्थात पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये काठमाडाैं उपत्यकामा सबैभन्दा धेरै छन् । काठमाडाैं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

अहिले देशभर ३७ हजार ८२६ जना होम आइसोलेसनमा र एक हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५१ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केअर यूनिट सञ्चालन गरी कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई निःशुल्क उपचारको प्रबन्ध गरिएको बताएको छ ।

कोभिड पुष्टि भएका बिरामीले सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा नि:शुल्क सेवा पाउनेछन् ।

त्यसरी सङ्क्रमित भएर आइसोलेशनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार नि:शुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखा परेपछि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेका बेला सरकारले विगतमा जस्तै कोभिड भएका बिरामीको उपचार नि:शुल्क गर्ने निर्णय यसै साता गरेको हो।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा नि:शुल्क सेवा दिने अस्पतालको सङ्ख्या विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले काठमाडाैं उपत्यकामा रहेका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सको उपलब्धताबारे जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयको ११३३ हटलाइन नम्बरमा जानकारी दिन सकिने जनाएको छ।

यी हुन् सङ्क्रमित व्यक्तिले नि:शुल्क उपचार पाउन तोकिएका अस्पताल :

प्रदेश नं १

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • कोशी अस्पताल
  • मेची अस्पताल
  • इलाम अस्पताल र
  • जिल्ला अस्पतालसहित १४ वटा अस्पताल

मधेश प्रदेश (प्रदेश नं २)

  • नारायणी अस्पताल
  • प्रादेशिक अस्पताल जनकपुर
  • गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल

बागमती प्रदेश

  • वीर अस्पताल
  • सिभिल अस्पताल
  • शिक्षण अस्पताल महाराजन्ज
  • शहीद गङ्गालाल मुटु रोग अस्पताल
  • जनमैत्री अस्पताल
  • किस्ट अस्पताल
  • नेपाल मेडिकल कलेज
  • धुलिखेल अस्पताल
  • भक्तपुर अस्पताल
  • नेपाल कोरिया मैत्री हस्पिटल
  • नेपाल प्रहरी अस्पताल
  • श्री वीरेन्द्र अस्पताल
  • मनमोहन अस्पताल
  • सशस्त्र प्रहरी बल अस्पताल
  • राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र
  • आनन्दवन अस्पताल
  • मानसिक अस्पताल
  • चापागाउँ अस्पताल
  • शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र
  • पाटन अस्पताल

गण्डकी प्रदेश

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • सङ्क्रामक रोग अस्पताल कास्की
  • धौलागिरि अञ्चल अस्पताल
  • मध्यबिन्दु अस्पताल
  • बेनी अस्पताल र
  • दमौली अस्पताल

लुम्बिनी प्रदेश

  • लुम्बिनी प्रादेशिक अस्पताल
  • भेरी अस्पताल
  • बेलझुन्डी कोभिड विशेष अस्पताल
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • नेपालगन्ज सैनिक अस्पताल र
  • कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल

कर्णाली प्रदेश

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • प्रदेशका सबैजसो जिल्ला अस्पताल

सुदूरपश्चिम प्रदेश

  • सेती प्रादेशिक अस्पताल, धनगढी
  • महाकाली अस्पताल,
  • टीकापुर अस्पताल
  • डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल

गाउँ सहर संवाददाता

तपाईँको मत