स्वास्थ्य
एकैदिन थपिए १२,३३८ कोरोना संक्रमित, ४ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ६ माघ बिहीबार, २०७८ | १७:४१:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा थप १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २७ हजार ४९७ नमूना परीक्षण गर्दा बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ७ नमूनाको पीसीआर र ६ हजार ४९० नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २ हजार २८६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस