कृषि विकास बैंकद्वारा क्युआर टेलर सेवाको सुरुवात, ग्राहकहरुले चेक बिनानै भुक्तानी लिन सक्ने
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १३:३९:०० मा प्रकाशित
काठमाडौं । कृषि विकास बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलर सेवाको सुरुवात भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा QR Teller बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरू प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम,दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकको मोवाइल र्बैकिग सेवा लिएका ग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा QR Code Scan गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने बैंकले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस