शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १४:०८:०० मा प्रकाशित
काठमाडाैं । कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै गएपछि शनिबारदेखि उजत्यकाका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको हो ।
आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् ।
काठमाडाैंका हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत छन् । कोरोना बढ्दै गएपछि सरकारले भीड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय बन्द गर्न लागेको हो ।
अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस