ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १४:०२:०० मा प्रकाशित
ओखलढुङ्गा । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आज बिहान ओखलढुङ्गाकाे गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेकाे हाे ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।
सिद्दिचरण नगरपालिका-३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले सडकमा गुडिरहेको जीपलाई किचेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस