कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघ्यो
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १०:३०:०० मा प्रकाशित
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको हाे ।
पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो ।
अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।
वल्डोमिटरका अनुसार अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ ।
नेपालमासमेत पछिल्ला दिन संक्रमण तीव्र बन्दै गएको छ । सरकारले ओमिक्रोन तीब्र फैलिएकाले स्वास्थ्य मापदण्ड पूरा गर्न अनुरोध गर्दै आएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ८२ हजार नाघेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस