स्वास्थ्य

मुलुकभर १२ हजार जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजारर १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 
 

 


 

गाउँ सहर संवाददाता

तपाईँको मत