स्वास्थ्य

मंगलबार काठमाडौंमा मात्रै  ६१७२ जना संक्रमित थपिए

काठमाडाैं । मंगलबार काठमाडौंमा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा ६ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार काठमाडौंमा ४ हजार ८७५ जना, ललितपुर जिल्लामा ७८२ जना र भक्तपुर जिल्लामा ५१५ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले बताएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत