काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १६:५१:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ ।
मंगलबार काठमाडौं उपत्यकामा ६ हजार १७२ जना कोभिड संक्रमित थपिएसँगै याे सख्या पुगेकाे हाे ।
आज काठमाडौंमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २५ हजार ९०९ नमुनामा परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
आज ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २४५ जना आईसीयूमा र ४४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस