गाउँ सहर

विदेश जाने तयारीमा रहेका एक युवक सात दिनदेखि बेपत्ता

काठमाडाैं । एक युवा सात दिनदेखि बेपत्ता भएका छन् । इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका हुन् । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि वेपत्ता भएकाे परिवारले जनाएकाे छ । 

विदेश जाने तयारीमा रहेका बस्नेत भारतबाट सम्पर्कविहीन भएको परिवारले जनाएको हाे ।

पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ पुगेका थिए ।

क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेत सहित केही युवा एजेन्टमार्फत भारत गएका थिए ।

विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत पुगेका उनी भारतबाट नै सम्पर्कविहीन भएकाे परिवारले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत