सत्ता गठबन्धनको बैठक आज बस्दै
- गाउँ सहर संवाददाता
- १५ माघ शनिबार, २०७८ | ०७:४५:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। बैठकल शनिबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ।
आगामी निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने एक नेताले बताए। साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए।
सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान छलफल गरेका थिए। तीन नेताबीच छलफल भएपछि शनिबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस