कुष्ठरोग निवारण घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | ०८:१९:०० मा प्रकाशित
काठमाडाैँ । आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ ।
‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ कुष्ठरोग दिवस मनाइँदै छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गर्यो । कुष्ठरोग निवारण भएको मुलुकका रूपमा घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै गएको छ ।
कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यो कम सर्ने एक प्रकारको रोग हो । कुष्ठरोगका कीटाणु बिस्तारै फैलिन्छन् । कुष्ठरोग सर्ने अवधि २ देखि ५ वर्षको हुन्छ ।
यो रोगको कीटाणुले मुख्य रूपमा छाला र स्नायुमा असर गर्छ । यस्तै कीटाणुले खासगरी हात, खुट्टाका औँलाको टुप्पामा आक्रमण गर्छ । त्यसबाहेक यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वास नलीमा सङ्क्रमण गर्छ ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस