खेल
पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | १७:३४:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित खेल शनिबार हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार स्थगित भएको पुलिस र च्यासलबीचको खेल शनिबार हुने जनाएको छ ।
नवौं चरण अन्तर्गत यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो ।
तर, च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस